Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो, प्रतिलिटर कति पुग्यो ?

    पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो, प्रतिलिटर कति पुग्यो ?

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 912
    SHARES

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।

    निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रूपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ कम गरेको छ ।



    निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ।



    यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो । यस्तै वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ । हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार