Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दैलेखमा आगो लागेको घरभित्र घरधनी जलेको अवस्थामा भेटिए

दैलेख । दैलेखकाे भैरवी गाउँपालिका वडा नं. ४ लिउडामा घरभित्रै जलेकाे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

गए राति भएको आगलागीको विस्तृत विवरण तयार गर्न गएको बेला घरधनी ४५ वर्षीय नरेक विककाे शव जलेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शनिवार राति साढे ८ बजेतिर घरमा आगो लागेको देखेपछि स्थानीयवासी र भैरवी प्रहरी चौकीबाट खटिएको टोलीले आगो निभाएकाे थियाे ।

आज आइतवार बिहान आगलागीको क्षतिको विवरण तयार गर्न लाग्दा घरधनी मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दुल्लूले जनाएको छ।

लागुऔषधको कुलतमा फसेका उनी आफैँले घरमा आगो लगाएको दाबी स्थानीयले गरेका छन्।

स्थानीयले प्रहरीलाई जानकारी गराएअनुसार जतिखेर पनि नशामा रहने नरेशसँग झगडा परेपछि उनका श्रीमती गोमा विक, तीन छोरी र एक छोरा शनिबारै घरभन्दा बाहिर गएका थिए। त्यसपछि उनले घरमा आगो लगाएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077