काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् ।
आइतबार बसेको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेश गर्दै भट्टराईले यस्तो बताएका हुन् ।
उनले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नपर्ने बताए ।
उनले एकता तथा ध्रुवीकरणबारे निर्णय गर्ने अधिकार पार्टीको केन्दीय कार्यसमितिलाई दिने प्रस्ताव समेत गरेका छन् ।
नेपाली विशेषताको नयाँ समुन्नत समाजवादको मोडल विकास गर्नुपर्ने उनको जोड छ ।
Leave a Reply