एजेन्सी । १५ औं पटकको निर्वाचनबाट अमेरिकाले सभामुख पाएको छ ।
अमेरिकाको तल्लो सदन हाउस अफ रेफ्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी चुनिएका हुन् ।
यससँगै अमेरिकाको इतिहासमा १५० वर्षभन्दा बढी समययताको लामो गतिरोध पनि अन्त्य भएको छ ।
अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा सभामुख रहन्छन् । सभामुखले संसद बैठकको एजेण्डा तय गर्नुका साथै विधायिकी जिम्मेवारीको सुपरिवेक्षण गर्न सक्छन् ।