Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सूर्यकुमारको उत्कृष्ट प्रदर्शनमा भारतले जित्यो श्रीलंकाविरुद्धको टी-२० सिरिज

एजेन्सी । भारतले श्रीलंकाविरूद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज जितेको छ ।

गएराति भएको तेस्रो तथा निर्णायक खेलमा श्रीलंकालाई ९१ रनको फराकिलो अन्तरले हराउँदै घरेलु टोली च्याम्पियन बनेको हो ।

जितको लागि २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १६।४ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो। यो सँगै तीन खेलको सिरिज भारतले आफ्नो पक्षमा पारेको हो ।

पहिलो खेलमा श्रीलंकालाई २ रनले हराएको भारत दोस्रो खेलमा १६ रनले पराजित भएको थियो। अब भारत र श्रीलंकाबीच बिहीबारदेखि तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सुरू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077