Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा बालकले हाने शिक्षिकालाई गोली, स्वास्थ्य अवस्था गम्भीर

एजेन्सी । अमेरिकाको भर्जिनियामा राज्यमा एक बालकले आफ्नी शिक्षिकालाई गोली हानेका छन् ।

पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा पहिलो कक्षाका छ वर्षीय बालकले शिक्षकालाई गोली हानेर गम्भीर घाइते बनाएका हुन् ।

न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न भएकी छन् । उनको ज्यान जोखिममा रहेको बताइएको छ ।

घाइते शिक्षिकालाई स्थानीय अस्पतालमा लगिएको र उनको अवस्था सुधारोन्मुख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077