Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटाको टिप्पणी - पृथ्वीनारायणलाई सम्मान दिँदैमा राजतन्त्र फर्कने होइन

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिएर पृथ्वीनारायण शाहलाई सम्मान दिँदैमा राजतन्त्र नफर्कने बताएका छन् ।

राप्रपाको माग बमोजिम पुस २७ गते सार्वजनिक विदा दिन सत्ता गठबन्धन तयार भएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता बाँस्कोटाले यस्तो बताएका हुन् ।

उनले नेपाल एकीकरणका आरम्भकर्तालाई सम्मान दिँदा फरक नपर्ने बताए । राप्रपाले पुस २७ गते पर्ने पृथ्वी जयन्तीमा सार्वजनिक विदाको माग गर्दै आएको छ ।

'भ्यालेन्टाइन डे'मा विदा पाउनुपर्छ भन्ने ग्रुप तयार भइरहेका बेला पृथ्वी जयन्तीमा विदा दिनु ठूलो कुरा नभएको उनको भनाइ छ ।

“पृथ्वी जयन्ती पुस २७ गते राष्ट्रिय विदा दिने कुरा चल्दैगरेको र राप्रपाले माग गरेको सुनियो । त्यो सरकारले दिए हुन्छ । यहाँ उस्तै परे फरबरी १४ (भ्यालेन्टाइन डे) मा त विदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ । उनी त नेपाल एकीकरणका आरम्भकर्ता हुन् । उनलाई सम्मान दिंदैमा राजतन्त्र फर्कने होइन,” बास्कोटाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077