Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय दल बैठकका एजेण्डा तय गर्न कांग्रेसका शीर्ष नेताको छलफल जारी

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी छ ।

संसदीय दलको बैठकका एजेण्डा तय गर्न पदाधिकारी बैठक बसेको हो । कांग्रेसले भोलि शनिबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलमा ८९ सांसद् छन्।

आजको बैठमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतको सहभागिता रहेको छ ।

कांग्रेसले आगामी माघ २८ गतेलाई केन्द्रीय कार्यसमिती बैठक बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077