Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रूसी राष्ट्रपति पुटिनले गरे युक्रेनमा आक्रमण नगर्ने घोषणा

एजेन्सी । अर्थोडक्स ईसाइहरुको क्रिसमस पर्वको अवसरमा रुसले क्षणिक युद्धविरामको घोषणा गरेको छ ।

युक्रेनमाथि आक्रमण गरेको १० महिना भन्दा लामो समयपछि पहिलो पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज शुक्रबारदेखि लागू हुने गरी ३६ घण्टाका लागि युद्धविरामको घोषणा गरेका हुन् ।

स्थानीय समय अनुसार शुक्रबार मध्याह्नदेखि सुरु हुने युद्धविराम ३६ घण्टा रहने छ । अर्थोडक्स ईसाइ र यहुदीहरुले जनवरी ७ मा क्रिसमस पर्व मनाउने भएका छन् ।

मस्कोस्थित अर्थोडक्स चर्चका प्रमुख प्याट्रियक किरिलको आग्रहमा राष्ट्रपति पुटिनले सोही पर्वलाई लक्षित गरी युद्धविरामको घोषणा गरेको क्रेमलिनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077