Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • देउवा फेरि राजनीतिक भेटघाटमा सक्रिय, पुनः सत्तारोहणको प्रयास

    देउवा फेरि राजनीतिक भेटघाटमा सक्रिय, पुनः सत्तारोहणको प्रयास

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 693
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्।

    देउवाका कारण प्रधानमन्त्रीसहित सबै राजकीय पद कांग्रेसले गुमाएको भन्दै पार्टीभित्र आलोचना भइरहेका बेला उनले सरकारमा सहभागी हुने वा नहुने अलमलमा रहेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटेर छलफल गरेका छन्।



    नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेसमेतको सहयोगमा प्रधानमन्त्री बनेपछि देउवा असन्तुष्ट छन्।



    संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री भएका दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ। विश्वासको मतका विषयमा राजनीतिक वृत्तमा अनेक अड्कलबाजी भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले जसपा अध्यक्ष यादवसँग छलफल गरेका हुन्।

    यादवसहितका दललाई विश्वासमा लिएर तत्कालै नयाँ सरकारको नेतृत्व गर्न सकिन्छ कि भन्ने गृहकार्यमा कांग्रेस जुटेको स्रोतको दाबी छ। दाहाल नेतृत्वमा सरकार बनेपछि केही दिन सुस्ताएका देउवाको यो राजनीतिक भेटवार्तालाई अर्थपूर्ण मान्न सकिन्छ। नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार