Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डका लागि माओवादी केन्द्रले माग्यो कांग्रेससँग विश्वासको मत

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारका लागि कांग्रेससँग विश्वासको मत मागेको छ ।

स्रोतका अनुसार माओवादी केन्द्रका नेता जनार्दन शर्माले बुधवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका हुन् । शर्मा देउवालाई उनको निवास धुम्बाराही पुगेको बुझिएको छ ।

माओवादीका नेताहरूले कांग्रेसका अन्य दोस्रो तहका नेताहरूलाई भेटेर पनि विश्वासको मत दिन आग्रह गरेको बताइएको छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

२५ पुसमबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ । २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077