Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्ववियु निर्वाचनमा लाग्न अखिल (क्रान्तिकारी) लाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अखिल (क्रान्तिकारी) लाई चुनावमा लाग्न निर्देशन दिएका छन्।

बिहीबार अखिल (क्रान्तिकारी) को पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । प्रचण्डले संगठनमा असन्तुष्ट बनेकाहरूलाई सहमतिमा ल्याउनुपर्ने बताए।

उनले पञ्चा सिंह नेतृत्वको कमिटीले नै संगठनका समस्या समाधान गर्नुपर्ने बताए । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव चैत ५ गते गर्न प्रस्ताव गरेको छ। यो मिति त्रिवि कार्यकारी परिषदबाट अनुमोदन भने हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077