Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवा र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार भेट भएको छ ।

देउवा निवास धुम्बाराहीमा देउवा र यादवबीच भेटवार्ता भएको हो ।

सत्ता गठबन्धनसँग आबद्ध यादवले देउवासँग समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरेको बताइएको छ । साथसाथै मधेस प्रदेशमा सरकार निर्माणका बारेमा पनि छलफल भएको बताइएको छ ।

उपेन्द्र यादवले केन्द्रमा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई समर्थन गरेका छन् भने मधेसमा मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने लबिङ गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077