Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रालय फुटाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम जनचाहना विपरीत : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले सत्ता स्वार्थमा मन्त्रालय फुटाएर संख्या बढाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम सुशासन र जनचाहना विपरित भएको टिप्पणी गरेका छन् ।

बुधबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता रावल यस्तो टिप्पणी गरेका हुन् ।

उनले यो सरकारलाई शान्ति प्रक्रियाको संक्रमणकालको अभ्यास गर्ने छुट नभएको पनि बताए ।

उनले लेखेका छन्, 'नेपालको संविधान जारी भएपछि दोस्रो आम निर्वाचन पछिको यो सरकारलाई शान्ति प्रक्रियाको संक्रमण कालको अभ्यास गर्ने छुट छैन । अतः सत्ता स्वार्थमा मन्त्रालय फुटाएर संख्या बढाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम सुशासन र जनचाहना विपरीत छ। आफैले लगाएका चर्का नाराको सम्झना गर्ने कि ?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077