काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ । आज समसामयिक वित्तीय तथा बैंकिङ विषयमा केन्द्रित रहेर राष्ट्र बैंकले मार्गदर्शन संशोधन भएको जनाएको हो ।
राष्ट्र बैंबकले १ करोडसम्मको चालुपूँजी कर्जामा चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ ले तोकेको सीमा कार्यान्वयन नहुने व्यवस्था गरेको छ ।
१ कात्तिकदेखि कार्यान्वयनमा आएको मार्गदर्शनमा ५० लाख रुपैयाँसम्मको कर्जामा उक्त सीमा लागु नहुने व्यवस्थालाई संशोधन गर्दै उक्त सीमा बढाएर १ करोड पुर्याएको हो ।
सीमाभन्दा धेरै कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा ५ किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी मार्गदर्शन संशोधन भएको छ । यो कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण भने नहुने राष्ट्र बैंकले बताएको छ ।
संशोधित मर्गदर्शनअनुसार १ करोडभन्दा तलको चालू पूँजी कर्जाको हकमा मार्गदर्शन लागू हुँदैन । त्यस्तै २ करोडभन्दा माथिका कर्जाको हकमा मागर्दशन लागू हुने व्यवस्था गरिएको छ ।
उक्त मार्गदर्शन राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू गराएको थियो । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा सुधार हुँदै गरेकोसमेत बताएको छ । बैंकका अनुसार अर्थतन्त्र विस्तारै लयमा आउने क्रममा रहेको छ ।