Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बालुवाटार पुगेका थिए । भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष पद र रिक्त एक सांसदको चुनावका बारेमा छलफल भएको बताइएको छ ।

यस्तै कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरी पूर्वाधार निर्माण गर्ने र राष्ट्रिय सभाबाट पारित ५ वटा विधेयकबारे पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077