Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर, एसियामै सबैभन्दा खराब

काठमाडौं । गएको वर्ष अर्थात् सन् २०२२ मा भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर बनेको छ । गएको वर्ष अमेरिकी डलरको तुलनामा भारु ११ प्रतिशतभन्दा धेरैले कमजोर बनेको हो ।

सन् २०२२ मा भारतीय मुद्रा सन् २०१३ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको हो । एसियाका मुद्राहरूमध्ये भारुको अवस्था सबैभन्दा कमजोर बनेको पनि भारतीय रिजर्भ बैंकलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

२०२१ को अन्तिम दिन एक अमेरिकी डलरको मूल्य ७४ रुपैयाँ २९ पैसा थियो भने २०२२ को अन्तिम दिन ८२ रुपैयाँ ६१ पैसा पुगेको थियो । यसरी एक वर्षभित्रै डलरको तुलनामा भारु आठ रुपैयाँ ३२ पैसाले कमजोर भएको छ ।

विदेशी मुद्रा बजारमा अस्थिरता, रुस–युक्रेन युद्धका कारण विश्वमा कच्चा तेल महँगो र महँगीका कारण भारु कमजोर भएको विज्ञहरूले बताएका छन् । अमेरिकी डलर सन् २०१५ यताकै बलियो स्थितिमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077