काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकिएको छ ।
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अधिकांश नेताको दबाबका कारण बैठकले ठोस निर्णय लिन नसकेको हो।
मंगलबार पोलिटब्युरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘ सरकारमा सहभागी हुनेबारे पोलिटब्युरो बैठकले केन्द्रीय सचिवालयलाई संयोजन गर्ने अधिकार प्रदान गरेको छ । केन्द्रीय सचिवालयले यसको बारेमा आवश्यक अध्ययन, अनुसन्धान, विचार विमर्श गरेर अन्तिम निर्णय लिनेछ । ‘
गठबन्धनमा आबद्ध दलहरूबारे पार्टीले अध्ययन अनुसन्धान गर्ने उनको भनाइ छ। त्यस्तै सरकारमा सहभागी हुने विषयमा औपचारिक प्रस्ताव अहिलेसम्म नआएको उनले बताए।