Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर बजारमा सामान्य करेक्सन, ३ अर्ब ४५ करोड रुपैयाँको कारोबार

काठमाडौं । आज मङ्गलवार धितोपत्र बजारमा सामान्य करेक्सन देखिएको छ ।

दिनभर घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ६१ दशमलव शून्य छ विन्दुमा झरेको छ ।

बजार घटेतापनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने बढोत्तरी देखिएको छ ।

आज २५७ कम्पनीको ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको नेप्सेले जनाएकाे छ । अघिल्लो दिनको कारोबारमा २ अर्ब ९६ करोडको सेयर खरिद बिक्री भएको थियो ।

यस्तै, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड, धौलागिरी लघुवित्त वित्तिय संस्था, खपत्तड लघुवित्त वित्तिय संस्था र अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077