Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अस्पतालको तेस्रो तलाबाट बिरामीले हामफाले

काठमाडौं । उपचारका लागि कीर्तिपुर अस्पताल पुगेका एक व्यक्तिले तीन तलाबाट हामफालेका छन्।

हामफाल्नेमा बझाङको दुर्गाथली गाउँपालिका–५ घर भई कीर्तिपुर बस्दै आएका २२ वर्षीय सुनिल रोकाया रहेको प्रहरीले जनाएको छ।

मुटुको धड्कन एक्कासी बढेको भन्दै सोमबार राति अस्पताल पुगेका उनले हाम फालेका थिए।

तेस्रो तलाबाट हामफाल्दा उनको टाउको, हात र खुट्टामा चोट लागेको छ। उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077