Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज सचिवहरूलाई निर्देशनात्मक सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकारका सचिवहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । सोमबार सिंहदरबारमा सचिवहरूसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आज संबोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डले सचिवहरूको रिपोर्ट सुनेपछि आज निर्देशनात्मक सम्बोधन गर्ने तयारी गरेका हुन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरूले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए ।

उनीहरूले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराएका थिए ।

छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटनलगायत मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077