Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खुकुरी प्रहारबाट घाइते भएका वृद्धको उपचारको क्रममा मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक जनामाथि खुकुरी प्रहार गरी हत्या भएको छ । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका-६ धाप बस्ने ७४ वर्षीय मुक्तिनाथ पौडेलको खुकुरी प्रहारबाट हत्या भएको हो ।

खुकुरी प्रहारपछि गम्भीर घाइते भएका मुक्तिनाथको सोमबार बिहान काठमाडौंस्थित अन्नपूर्ण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकले जनाएको छ ।

उनीमाथि गत शनिबार खुकुरी प्रहार भएको थियो । सोही ठाउँका छिमेकी ३० वर्षीय राजाराम रायमाझीले उनीसहित तीन जनामाथि खुकुरी प्रहार गरेका थिए ।

सोही ठाउँका इश्वरी पौडेल र गंगा पौडेल घाइते छन् । प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा रायमाझीलाई पक्राउ गरेको छ ।

उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय मेलम्चीमा राखिएको छ । घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077