Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कास्कीमा आगलागी हुँदा निर्वतमान वडाध्यक्षको मृत्यु

काठमाडौं । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

निर्वतमान वडाध्यक्षसमेत रहेका उनी जलेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति सुरजको घरमा आगो लागेको थियो। राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो।

सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।

कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्ने गर्थे। उनका छोरा/बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएका छन्।

आगलागीको कारण भन्ने यकिन हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077