Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी

लुम्बिनी । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन भएका छन् ।

संस्थापन पक्षका चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएका हुन् । दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् ।

कांग्रेस संसदीय दलको नेताका लागि चार सांसद आकांक्षी देखिएका थिए।

चौधरी, राजु खनाल,अब्दुल रज्जाक र वीरबहादुर राना संसदीय दलको नेता बन्न आकांक्षी भए पनि डिल्लीबहादुर सर्वसम्मत चयन भएका हुन् । लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077