Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निजगढ विमानस्थलको काम छिट्टै अघि बढाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै अघि बढाउने बताएका छन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्‌घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आजको जमाना कनेक्टिभिटीको रहेको र त्यसमध्ये पनि हवाइमार्गको नेटवर्क सबैभन्दा मुख्य रहेको उल्लेख गरे ।

‘यो तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। काठमाडौं र भैरहवापछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ,'प्रधानमन्त्री दाहालले भने,'हामी छिट्टै निजगढ विमानस्थलको काम अगाडि बढाउँछौं। हामी विकासलाई तीव्रता दिएर अघि बढ्छौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077