Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा एसका उपमहासचिव तुलाधरले भने - एमालेसँगको एकता केही नेताले चलाएको भ्रम हो

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले नेकपा एमालेसँग एकता गर्ने विषय हल्लामात्र रहेको दावी गरेको छ।

पार्टीको जारी स्थायी कमिटी बैठकमा अहिले पार्टीलाई मजबुद बनाउने विषयमा छलफल भइरहे पनि एमालेसँग पार्टी एकताको कुनै प्रक्रिया अघि नबढेको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले बताएका हुन् ।

बैठकबारे जानकारी दिँदै तुलाधरले भने, 'हामीले पार्टीलाई मजबुद बनाउने विषयमा छलफल गरेका छौँ। एकता केन्द्र बनाउने विषयमा पनि छलफल भएको छ।

तर नेकपा एमालेसँगको पार्टी एकताका सवालमा जुन चर्चा चलेको छ, त्यो एमालेका केही नेताले चलाएको भ्रम मात्र हो। एमालेसँग पार्टी एकताको कुनै प्रक्रिया अघि बढेको छैन।'

उनले बाम एकताका विषयमा केही अघि संवाद भएपनि एमालेसँगको पार्टी एकताका विषयमा कुनै कुराकानी नभएको तुलाधरले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077