Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झुत्रा र च्यातिएका नोटबाट बनेका ब्रिकेट बेच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चलनचल्तीमा आउन नसक्ने नोट धुल्याइसकेको छ। धुल्याएको नोट टुक्रा तथा बिक्रेट बिक्री गर्न चाहेको छ।

आज नेपाल राष्ट्र बैंकले खरिद गर्न चाहनेको लागि बोलपत्र आह्वान गरेको हो।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले भनेको छ, ‘२ लाख ७५ हजार किलो बिक्री गर्नुपरेकोले इच्छुक व्यक्ति कम्पनीहरुले ४५ दिनभित्र आवेदन दिन आग्रह छ।’

सर्वसाधारणले प्रयोग गर्ने क्रममा च्यातिएका, झुत्रा भएका तथा पुराना नोटहरु बैंकमार्फत सटही हुन्छ ।

फेरि चलनचल्तीमा ल्याउन अयोग्य भएका त्यस्ता झुत्रा र पुराना नोटलाई मेसिनबाट टुक्र्याएर राष्ट्र बैंकले ब्रिकेट बनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077