Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्डलाई श्रीलङ्काका राष्ट्रपतिले फोन गरेर दिए बधाई, सम्बन्ध थप सुमधुर हुने अपेक्षा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच टेलिफोन वार्ता भएको छ ।

आज बेलुका फोन गरेर विक्रमासिङ्घेले प्रचण्डलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् ।

नेपाल–श्रीलङ्काको मैत्रीपूर्ण सम्बन्ध प्रचण्डको नेतृत्वमा थप सुमधुर हुने अपेक्षा रहेको विक्रमासिङ्घले बताएका छन् ।

प्रचण्डले पनि श्रीलङ्कासँगको स्वार्थरहित सम्बन्ध थप मजबुत हुने विश्वास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077