Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । यसअघि बिहीबार पनि सत्ता गठबन्धनको बैठकमा सहभागी हुन ओली बालुवाटार पुगेका थिए । दुई नेताबीच अहिले भटवार्ता जारी रहेको छ ।

बिहीबार मात्रै सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा बसेको थियो। बैठकले सरकारमा रहेका दलहरुका बीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गरेको थियो। उक्त संयन्त्रको संयोजक ओली छन्।

बिहीबारको बैठकले अबको ५ दिनभित्र सरकार न्यूनतम् साझा कार्यक्रम ल्याउने समेत निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077