Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्रीको सचिवालयले भन्यो – बधाई दिन समय नमाग्नू, सुझाव भए सचिवालयमार्फत पेस गर्नू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले शुभकामना आदानप्रदानका लागि समय नमाग्न आग्रह गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डको सचिवालयले यस्तो आग्रह गरेको हो ।

बधाई र शुभकामनाका लागि बित्ने समयलाई प्रधानमन्त्री प्रचण्डले देश निर्माणका काममा खर्चन उचित हुने धारणा राखेको सचिवालयले जनाएको छ ।

'सम्माननीय प्रधानमन्त्रीज्युले बधाइ र शुभकामना आदानप्रदानको लागि समय माग गर्नुभएका सबै दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै बधाइ र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा व्यक्त गर्नु भएकाले अब उप्रान्त बधाइ र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालयमार्फत् पेस गरिदिन पनि आग्रह गर्दछौं,' प्रधानमन्त्रीका स्वकीय सचिव सूर्य किरणले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड बुधबार मात्र बालुवाटार सरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077