Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अमेरिकी राजदूत डीन थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार अपरान्ह बालुवाटारमा भेटवार्ता भएको हो ।

माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि बधाई दिन राजदूत थम्पसन बालुवाटार पुगेको बताइएको छ ।

भेटमा नेपाल र अमेरिकाको पारस्परिक सम्बन्धका विषयमा दुईबीच छलफल भएको बुझिएको छ ।

सरकारलाई अमेरिकाले प्रदान गरेको विभिन्न परियोजनाका विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रचण्ड संसदको दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077