Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा थपलिया चयन

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा एमाले केन्द्रीय सदस्य जगन्नाथ (जे.एन) थपलिया चयन भएका छन् ।

चितवन क्षेत्र नम्बर १(१) बाट विजयी थपलियालाई संसदीय दलको बैठकले सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

थपलिया यसअघि पूर्वमुख्यमन्त्री डाेरमणि पाैडेलका प्रमुख राजनीतिक सल्लाहकार थिए ।

बागमतीमा एमालेका २७ सांसद छन् । सत्ता गठबन्धनमा एमाले सबैभन्दा ठूलाे दल हाे भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुल ७ दलमध्ये दाेस्राे ठूलाे दल हाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077