Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अध्ययनमा राष्ट्र बैंक, तत्काल लचिलो नहुने

    अध्ययनमा राष्ट्र बैंक, तत्काल लचिलो नहुने

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 627
    SHARES

    काठमाडौं । बैंक ब्याजदर कम गराउन र चालू पुँजी कर्जाको पछिल्लो निर्देशनलाई स्थगन गर्न निजी क्षेत्रले चर्को दबाब दिए पनि राष्ट्र बैंकले तत्कालै लचिलो नहुने संकेत गरेको छ ।

    व्यवसायीहरुले चालू पुँजी कर्जालाई कम्तिमा २ वर्ष स्थलगत गर्ने माग राखेकामा केन्द्रीय बैंकले अध्ययनकै क्रममा रहेको भन्दै तत्कालै स्थगन हुन्छ भन्न नसकिने बताएको हो ।



    राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले व्यवसायीका मागका विषयमा अहिले अध्ययन भइरहेको जानकारी दिँदै तत्कालै सम्बोधन हुन्छ भन्न नसकिने बताए । मार्गदर्शबारे निजी क्षेत्रले विरोध सुरु गरेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग यसको कार्यान्वयन पक्षबारे सुझाव मागेको थियो ।



    बैंक तथा वित्तीय संस्थाले व्यवसायीकै लाइनमा मार्गदर्शनलाई तत्काल कार्यान्वयन नगरेर केही समयपछि गर्नुपर्ने सुझाव राष्ट्र बैंकलाई दिएका छन् । केही बैंकरहरूले मार्गदर्शनलाई पहिलो, दोस्रो तथा तेस्रो चरण गरी कार्यान्वयनमा लैजानुपर्ने सुझाव पनि दिएका छन् । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार