Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनबाट फर्कनेहरुमाथि नयाँ कोभिड नियम लागु गर्ने अमेरिकाको तयारी

एजेन्सी । अमेरिकाले चीनबाट आउनेहरूमाथि नयाँ कोभिड नियमहरू लागु गर्ने तयारी गरेको छ । बेइजिङले आगामी महिनादेखि आफ्नो सीमाना खुला राख्ने घोषणा गरेपछि अमेरिका सतर्कता उपायहरू अपनाउन थाले‍को हो ।

अमेरिकी अधिकारीहरूले चीनमा कोभिड–१९ संक्रमित घटना वृद्धि भएकाबेला चीनले पारदर्शी ढंगले वास्तविक तथ्यांक बाहिर नल्याएकाले नयाँ निमय ल्याउन लागिएको बताए ।

जापान, मलेसिया र ताइवान यसअघि नै कोभिड भित्रिने डरले स्वास्थ्य परीक्षणमा नेगेटिभ देखिएकाहरूसहित चीनबाट आउने पर्यटकहरूमाथि स्वास्थ्य सम्बन्धी कडा नियमहरू लागु हुने बताइसकेका छन् ।

बेइजिङले वैज्ञानिक आधारमा कोभिड नियमहरू ल्याइनुपर्ने बताएको छ । भारतले पनि चीनबाट आउने पर्यटकहरूमाथि कडा निगरानी राख्दै सुरक्षाका उपायहरू अपनाइरहेको छ । तर, भारतले भने बेइजिङले कडा सीमाना नीति फुकुवा गर्नुअघि नै सतर्कता उपायहरू अपनाउन थाले‍को हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077