Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डकी कान्छी छोरी गंगाको हातमा बालुवाटारको चाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटारस्थित सरकारी निवास सरेका छन् । ज्योतिषीले जुराएको साइतमा उनी बुधबार साँझ सरकारी निवास सरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन् । साँझ पौने ७ बजे प्रचण्ड परिवार बालुवाटार प्रवेश गरेको हो । बालुवाटारस्थित सरकारी निवासको चाबी प्रचण्डकी कान्छी छोरी गंगा दाहालले बुझेकी छन् ।

सरकारी अधिकारीले गंगालाई निवासको चाबी हस्तान्तरण गरेका थिए । गंगा प्रचण्डको स्वकीय सचिव समेत हुन् । माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड नेकपा एमालेसहित सात दलको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरेका थिए। उनले ८ सदस्यीय मन्त्रिपरिषद् विस्तारसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077