Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने गृहमन्त्री भएकोमा हर्क साम्पाङ खुसी, भन्छन् - अब केही तह लाग्छन् होला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले खुसी व्यक्त गरेका छन् । शपथपछि रविले गृहमन्त्रालयमा जिम्मेवारी सम्हालेलगत्तै अब केही तह लाग्छन् होला भन्दै हर्कले खुशी व्यक्त गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘रवि लामिछाने गृहमन्त्री बन्नुभएकोमा खुसी लाग्यो है, अब केही तह लाग्छन् होला ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका हुन् ।

यस्तै उप–प्रधान तथा गृहमन्त्री रविले निर्मला पन्तको बलात्कार हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका छन् । गृहमन्त्रीको कार्यभार समाल्दै लामिछानेले सो निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077