Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • नयाँ सरकार बनेसँगै सेयर बजारमा उछाल, ५६ अंकले बढ्दा २ अर्बको कारोबार

    नयाँ सरकार बनेसँगै सेयर बजारमा उछाल, ५६ अंकले बढ्दा २ अर्बको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 612
    SHARES

    फाइल फोटो

    काठमाडौं । नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढेको छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै सेयर बजार सकारात्मक हुन पुगेको छ।



    साताको सुरुवाती कारोबारका दिन सोमबार सेयर बजार परिसूचक ५७ अकंले उकालो लागेको छ । सोमबार, नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ अंक विन्दुमा कायम रहेको छ ।



    आजको बजारमा कारोबार रकम पनि झण्डै दोब्बरले बढेको छ। साताको दोस्रो कारोबार दिन २ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भएको हो।

    कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ४२.७३, विकास बैंक १५२.०५, वित्त कम्पनीको ९५.१९, जलविद्युत १००.०९, जीवन बीमा २५२.१०, उत्पादन तथा प्रशोधन १३९.८८, माइक्रोफाइनान्स ११८.८१, निर्जीबन बीमा २५७.६२, ट्रेडिङ समूहको उपसूचक ५६.५६ अंकले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार