Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि बाँस्कोटाले भने - फुट र प्रतिगमन दुवै पराजित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि एमाले पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटाले फुट र प्रतिगमन दुवै पराजित भएको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन गरेको भन्दै आन्दोलनको नेतृत्व गरेका प्रचण्ड नै एमाले गठबन्धनमा फर्केपछि उनले यस्तो बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘फुट र प्रतिगमन दुवै पराजित । विश्वास र एकताको सुस्तरी ढोका खोल्न बाँकी रह्यो। चोटपछि चेत आउने यसरी नै हो ।’

उनले अब सुस्तरी एकताको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077