Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपत्रमा हस्ताक्षर हुँदै

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी भएको सहमतिपत्र तयार गरिँदै छ ।

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । यसको ड्राफ्ट तयार हुँदै छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।

उनका अनुसार सहमतिपत्रको ड्राफ्ट बनाउने कार्यमा एमालेबाट विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन छन् ।

बालकोटमा भएको छलफलमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र जनमत पार्टीको समर्थन रहने भएको छ ।

अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम वहुमत पेश गर्दै राष्ट्रपतिसमक्ष शीर्ष नेताहरुले सरकार गठनको दाबी पेश गर्न जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077