Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • उच्च अदालतले दियो वीरगञ्ज महानगरको निर्णयविरुद्ध अन्तरिम आदेश

    उच्च अदालतले दियो वीरगञ्ज महानगरको निर्णयविरुद्ध अन्तरिम आदेश

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 741
    SHARES

    वीरगञ्ज । विद्यालयको स्तर वर्गीकरण तथा शुल्क निर्धारणको निर्णय तत्काल कार्यान्वयन नगर्न वीरगञ्ज महानगरपालिकाका नाममा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ ।

    उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश सुदर्शनदेव भट्टको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।



    राष्ट्रिय आवासीय तथा निजी विद्यालय एशोसिएसन नेपाल पर्साले महानगरपालिकाले जारी गरेको विद्यालय वर्गीकरण तथा शुल्क निर्धारणविरुद्ध रिट दायर गरेको थियो ।



    महानगरले गत मङ्सिर २३ गते वीरगञ्जका ५८ वटा निजी विद्यालयको स्तर वर्गीकरण गर्दै शुल्क निर्धारण गरेको थियो । महानगरले छ वटा विद्यालय ‘क’ वर्गमा, २४ वटा ‘ख’ वर्गमा, २७ वटा ‘ग’ वर्गमा र एउटा विद्यालय ‘घ’ वर्गमा परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार