Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शक्ति बाँडफाँटबारे देउवा–प्रचण्ड छलफलमा, माधव नेपाल पुग्दै

काठमाडौं । नयाँ सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ ।

शुक्रबार साँझ साढे ५ बजेबाट दुवै नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा शक्ति बाँडफाँटबारे छलफल सुरु भएको हो ।

दुई जनाबीच छलफल सकिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सहभागी हुने बताइएको छ ।

प्रतिनिधिसभाको तेस्रो दल बनेको माओवादीका अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । कांग्रेसले भने पहिलो पालोमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने दाबी गरिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दाबी गर्न आइतबारसम्मको समय दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077