Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा सेनाको ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उत्तरी सिक्किमको लाचेनबाट १५ किलोमिटर टाढा जेमा क्षेत्रमा सो दुर्घटना भएको हो ।

समाचारअनुसार सेनाका तीनवटा ट्रक शुक्रबार बिहान सेनाका जवान बोकेर चटनबाट थंगू जाँदै थिए ।

जेमा क्षेत्रमा एक ट्रक सन्तुलन बिग्रेर भिरमा खसेको जनाइएको छ । घटनामा १६ जना सेनाका जवानको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077