Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसदको तलब बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय एकता अभियान, नेपालले सांसदलाई दिइँदै आएको तलब सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ।

अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भेट गरी ज्ञापनपत्र बुझाएको हो।

ज्ञापन पत्रमा भनिएको छ,‘अहिले चलिरहेको विश्वव्यापी मन्दीको प्रभावले नेपालमा परेको असरबारे सर्वविदित नै छ। व्यक्तिगत कर्जा र व्यवसायिक कर्जाको ब्याज तथा किस्ताहरु नउठेर सबै जसो बैंकहरूको खराब कर्जादर अप्रत्याशित रूपले बढेको छ। बैंकको ब्याज तिर्न नसकेर थुप्रै व्यापारीहरु डिप्रेसनको सिकार भएको छ भने कतिपय आत्महत्या गर्न बाध्य भएका छन’ ज्ञापन पत्रमा भनिएको छ–‘धेरैले व्यापार व्यवसाय बन्द गरी पलायन हुनुपरेको छ भने धेरैले कर्मचारी कटौती गर्नु परेको छ। कृषि उत्पादको उचित मूल्य र मल न पाएर कृषकहरुमा कृषि प्रति उदाशीनता छाएको छ।’

यस्तो अवस्थामा सरकारले नै उचित कदम चालेर अनावश्यक ब्ययभार कम गर्नु पर्ने अभियानको ठहर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077