Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कारागार प्रशासनलाई चार्ल्स शोभराजको आग्रह - मिडियालाई मेरो फोटो खिच्न नदिनू

काठमाडौं । विश्व कुख्यात ‘बिकिनी किलर’ का रूपमा चिनिएका चार्ल्स शोभराजले आफूलाई मिडियाबाट टाढै राखिदिन केन्द्रीय कारागार प्रशासनलाई आग्रह गरेका छन् ।

फोटो पनि खिच्न नदिने र मिडियासँग कुराकानी पनि नगर्ने भन्दै शोभराजले त्यसको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । उनलाई कारागार प्रशासनले आज अध्यागमन विभागमा उपस्थित गराउँदैछ ।

अध्यागमनले पासपोर्ट लगायतका कागजपत्र हेरेर उनकै देश फ्रान्स फर्काउने तयारी गरेको छ । नेपालमा १९ वर्षदेखि जेल सजाय भोगिरहेका शोभराजलाई गत बुधबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो ।

साथै १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो । शोभराजले २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077