Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • वाणिज्य बैंकहरुको नाफा कात्तिकमा ३४ प्रतिशत बढ्यो

    वाणिज्य बैंकहरुको नाफा कात्तिकमा ३४ प्रतिशत बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 825
    SHARES

    काठमाडौं । वाणिज्य बैंकहरुले एक महिनामै ३४ प्रतिशतले नाफा बढाएका छन् । असोजको तुलनामा तुलनामा कात्तिकमा वाणिज्य बैंकहरुको नाफा ३४ प्रतिशतको बढेको हो ।

    गत असोजसम्ममा वाणिज्य बैंकहरुले १८ अर्ब ३१ करोड करोड रुपैयाँ नाफा कमाएका थिए । कात्तिकमा बैंकहरुको नाफा २४ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । यो करिब ३४ प्रतिशतको बढोत्तरी हो ।



    केन्द्रीय बैंकले सार्वजनिक गरेको वाणिज्य बैंकहरुको कात्तिक महिनासम्मको वित्तीय विवरणअनुसार नाफा ३४ प्रतिशतले बढेको देखिएको हो ।



    राष्ट्र बैंकका अनुसार २५ वाणिज्य बैंकहरुले कात्तिकसम्मको वित्तीय विवरण पेश गरेका छन् । प्रभु बैंकले भने विवरण पेश गरेको छैन ।
    कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार