Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किए वर्षमान पुन, विमानस्थलमा नेताहरुको भव्य स्वागत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन स्वदेश फर्किएका छन् ।

चीनमा उपचार गराएर पुन आज (मंगलबार) स्वदेश फर्किएका छन् । विमानस्थलमा उनलाई माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए । स्वास्थ्यमा सुधार भएपछि पुन तीन सातापछि आज स्वदेश फर्किएका हुन् ।

उनी चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसो १ बजे काठमाडौं आइपुगेका हुन् ।

पुनको स्वागतमा नेताहरु शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, डिपी ढकाल, दुर्गा चापागाईं, अमनलाल मोदी, रन्जित तामाङ, सुरेन्द्र बस्नेतलगायत विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077