Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी केन्द्रका उपमहासचिव वर्षमान मंगलबार स्वदेश फर्कने

काठमाडौं । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मंगलबार स्वदेश फर्कने भएका छन्।

स्वास्थ्यमा सुधार देखिएपछि पुन मंगलबार नेपाल फर्कन लागेको पारिवारिक स्रोतले जनाएको छ।

जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि चीन गएका हुन् । पुन सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालकोमा उपचार गराइरहेका छन्।

पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’भनिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077