Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानी फुटबलर अजादानीलाई मृत्युदण्ड दिइएको केही दिनमै अभिनेत्री पक्राउ

एजेन्सी । इरानले एक प्रमुख अभिनेत्रीलाई शनिबार पक्राउ गरेको छ । हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि ३८ वर्षीय तरानेह अलिदुस्ती पक्राउ परेका हुन् ।

‘झुटा र विकृत सामग्री प्रकाशित गरेको र अराजकता भड्काएको आरोपमा उनलाई गिरफ्तार गरिएको बताइएको छ । उनी सन् २०१६ को ओस्कार–विजेता फिल्म “द सेल्सम्यान’’ मा उनको भूमिकाको लागि सबैभन्दा बढी परिचित छिन्।

अलिदुस्तीको सबैभन्दा भर्खरको सामाजिक सञ्जाल पोष्ट डिसेम्बर ८ मा भएको थियो, सोही दिन २३ वर्षीय मोहसेन शेकरीलाई मृत्युदण्ड दिइएको थियो।

इरानको हिजाबविरोधी पछिल्लो प्रदर्शनमा मृत्युदण्ड दिइएका उनी पहिलो प्रदर्शनकारी हुन् । यस्तै महिला अधिकारको पक्षमा उभिएको भन्दै इरानले आफ्नो देशको व्यवसायिक खेलाडी अमिर नसर–अजादानीलाई पनि फाँसीको सजाय सुनाएको थियो । मृत्युदण्ड दिइएका उनी दोस्रो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077