Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्जुननरसिंह केसीको दौडधुप : एक सातामै भेटे दर्जन शीर्ष नेता, सभामुख बन्ने चाहाना

नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् ।

प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि दलका शीर्ष नेतासँग भेटवार्ता सुरु गरेका नेता केसीले शुक्रबार यादव र ठाकुरसँग भेटवार्ता गरेका हुन् ।

भेटमा केसीले यादव र ठाकुरसँग देशको वर्तमान समसामयिक परिस्थितिका विषयमा गहन छलफल गरेको बताइएको छ ।

एक साताको अवधिमा नेता केसीले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका शीर्ष नेतालाई भेटेर अन्तर्क्रिया गरेका छन् ।

एक सातादेखि राजनीतिक भेटघाटलाई तीव्रता दिएका नेता केसी गठबन्धनबाट सभामुखको साझा उम्मेदवार बन्ने सोचमा रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077