Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वी फ्रान्समा सात तले भवनमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी । पूर्वी फ्रान्सेली शहर लियोनको एक उपनगरस्थित सात तले अपार्टमेन्ट भवनमा राति आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन । भोल्क्स–एन–भेलिनमा बिहान ३ बजेपछि आगलागी भएको थियो। आगलागीमा परी अन्य १४ जना घाइते भएका छन् जसमध्ये एकको अवस्था गम्भीर छ ।

भवनको भुइँ तल्लामा फैलिएको र माथितिर फैलिएको आगो निभाउने क्रममा दुई जना अग्निनियन्त्रकलाई सामान्य चोट लागेको पनि बताइएको छ ।

भवनको भुइँ तल्लाबाट सुरु भएको आगो माथितिर फैलिएको थियो ।

आगलागीबारे राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि कुराकानी भएको र राष्ट्रपतिले घटनाबारे दुःख ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077